कांग्रेसमा गगनको लिखित मत : फौजदारी अभियोग लागेका नेतालाई निलम्बन गर्नुपर्छ
काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा लिखित मत दर्ज गराएका छन् । सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकमा थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने भन्दै लिखित प्रस्ताव दर्ज गराएका हुन् ।
उनको प्रस्ताव छ, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’ संसद्को नियमावलीले ३ वर्षभन्दा बढीको सजाय हुने मुद्दामा निलम्बन हुने व्यवस्था स्मरण गराउँदै उनले त्यो पार्टीमा पनि पालना गराउनुपर्ने बताए । भोलि आफूलाई परे पनि त्यो कुराको कार्यान्वयन गर्नुपर्ने बताए ।
'सुशासन र भ्रष्टाचारलगायत विषयमा १३ बुँदे प्रस्ताव ल्याएको छु । लिखित मतको रूपमा पार्टीको दस्तावेजमा राख्नका लागि यो ल्याएको हुँ,' उनले भने, 'बैठकको मुड हेर्यौं, बुझ्यौं त्यसैले मेरो मत दर्ज गराउँछु । मेरो मतका रूपमा पार्टीमा दर्ज गराउछु ।'
भ्रष्टाचारका सन्दर्भमा सरकारले चालेका कदममा कांग्रेसले साथ दिनुपर्ने थापाको भनाइ थियो । उनले भने, 'भ्रष्टाचारको जात, लिंग र परिवार हुँदैन । केही कारणले कसैले छुट पनि पाउनुहुन्न । कसैले भारी पनि बोकाउनुहुन्न । कोही व्यक्तिलाई अनावश्यक लान्छना लगाउने कुरा बन्द हुनुपर्छ । कांग्रेसले सरकारले अगाडि बढाएका कुरामा साथ दिनुपर्छ । कांग्रेस भएका कारणले कसैले छुट पाउनुहुन्न । कांग्रेस भएकै कारणले भारी पनि बोक्नुहुन्न ।'


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण