प्रधानमन्त्री इटालीमा व्यस्त : समिटलाई सम्बोधनदेखि भेटवार्तासम्म
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिकम विकसित राष्ट्रहरुको समूह (एलडिसी)को अध्यक्षको हैसियतमा संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम समिट-२’ लाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार समिटलाई सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताए । सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराए ।
_FczUdtrXKg.jpg)
खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्दै उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको स्पष्ट पारे । सो कार्यक्रमबाट प्रत्यक्ष रूपमा ३३ लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएको तथ्याङ्कसमेत प्रधानमन्त्री दाहालले पेश गरे ।
“विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्”, प्रधानमन्त्री प्रचण्डले भने, “फलस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधारजस्ता उपलब्धि हासिल भएको छ ।”
सो कार्यक्रमलाई एकीकृत रूपमा कृषि, शिक्षा, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य र सरसफाइसँग जोडिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले चालु आर्थिक वर्षको शिक्षा तर्फको बजेटको कूल ६ प्रतिशत दिवा खाजाका लागि वृद्धि गरिएको उल्लेख गरे ।
उनले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्म खाद्य प्रणालीका बारेमा छलफल चलाएको एवं सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना तय गरेको जानकारी दिए । खाद्य प्रणालीको रूपान्तरण खाद्य सुरक्षाका लागि मात्र नभई दिगो विकास लक्ष्यको पूर्ण प्राप्तिका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२१ मा आयोजना गरेको फुड सिस्टम समिटले तय गरेको विधिअनुसार राष्ट्रिय र प्रदेश तहका सरोकारवालाहरूका बीचमा खाद्य प्रणालीका बारेमा बुझाउन, कमजोरी पत्ता लगाउन र त्यसलाई रुपान्तरण गरी नयाँ मार्ग प्रशस्त गर्न सहयोग पुगेको प्रधानमन्त्रीको भनाइ थियो । सरकारले सोही आधारमा खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजना तय गरेर कार्यान्वयनमा ल्याइएको र त्यसलाई दिगो विकास लक्ष्यसँग जोडिएको उनले बताए ।
_MbU9ZNE962.jpg)
स्थानीय सरकारको क्षमतालाई सुदृढ गर्दै सो कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि जिम्मेवारी प्रदान गरिएको प्रधानमन्त्री प्रचण्डले बताए । दिवा खाजा कार्यक्रमले विद्यार्थीको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने, स्वास्थ्य, शैक्षिक क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याउने भएकाले यसका प्रयासहरूलाई दोब्बर बनाउनुपर्ने स्पष्ट पारे । उनले भने, “विद्यालयको खाना यस्तो क्षेत्र हो जसले रूपान्तरणमा ठूलो प्रभाव पार्छ ।”
सन् २०२० को सुरुआतीमा संसारका धेरै बालबालिकाले विद्यालय भोजनको सहज पहुँच प्राप्त गरेको भए पनि कोभिड–१९ का कारण विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा आएको अवरोध, वित्तीय क्षेत्र खस्कँदा समस्या पैदा भएको प्रधानमन्त्रीको भनाइ थियो । पुरानै अवस्थामा फर्कनका लागि सम्पन्न र विकसित देशले साना र अल्पकविकसित मुलकहरूको शैक्षिक सुधारका लागि दिवा खाजा कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, शैक्षिकका साथसाथै उनीहरूको समग्र विकास क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले अति कम विकसित र अल्पविकसित मुलुकका विद्यार्थीले विद्यालय छाड्ने दरमा कमी ल्याउनका लागि पनि सो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।
सन् २०२६ सम्म नेपाल विकासोन्मुख देशका रुपमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिँदै उहाँले विद्यालयमा पोषणयुक्त खानेकुराको सुनिश्चिता गर्नु आवश्यक रहेको र त्यसका लागि स्थानीय खाद्य सामग्रीको उत्पादन र विविधकरणमा जोड दिएको बताए ।
_Zb3TRmibUN.jpg)
स्थानीय रूपमा साना स्तरका कृषि विकास कार्यक्रमलाई अगाडि बढाइ विद्यार्थीको स्वास्थ्य, पोषण र शिक्षामा सुधार ल्याउनका लागि सहयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । उनले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्नका लागि हाम्रा खाद्य प्रणालीको रुपान्तरणका लागि संयुक्त राष्ट्रसङ्घीय प्रणाली, विकास साझेदार र सरोकारवाला निकायहरूको पूर्ण सहयोग र प्रतिबद्धताको प्रसंशा गरे । प्रधानमन्त्री प्रचण्डले हाम्रा बालबालिकाका लागि दिगो भविष्य, गुणस्तरीय शिक्षा, पोषणयुक्त खानेकुरा उपलब्ध गराउने रुपान्तरणकारी यात्राका लागि हामी सबैले होस्टेमा हैंसै गर्दै अगाडि बढ्न आह्वान गरे ।
सात देशका नेपालीसँग भेट
प्रधानमन्त्री प्रचण्डले सात देशमा रहेका नेपाली प्रतिनिधिहरुलाई पनि भेटेका छन् । सोमबार इटालीको रोममा उनीहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसँग सोमबार भेट गरेका हुन् । त्यसअवसरमा उनीहरुले नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा समेत देश बन्ने आशा र आत्मविश्वास जगाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिँदै आफुहरु साथमा रहने प्रतिवद्दता जनाए ।

भेटवार्तामा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरुको समस्या समाधान गर्न लागिपर्ने तथा देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको बताए । उनले ठुला ठुला भ्रष्टाचार र तस्करीलाई कार्बाही गर्न सरकारले अठोट लिएकोले राष्ट्र निर्माणमा विदेशमा रहेका नेपालीहरुको समेत साथ आवश्यक रहेका बताएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिवसँग भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच पनि भेटवार्ता भएको छ । सोही कार्यक्रमको सिलसिलामा रोममा उनीहरूबीच भेटवार्ता भएको हो ।
सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा स्थानीय समयअनुसार सोमबार दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
_p3v5oxVInH.jpg)
सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल यही शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए। उनको साथमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसाललगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण