आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

इटालीमा सात देशका नेपालीसँग प्रधानमन्त्रीको भेटवार्ता

सोमबार, ०८ साउन २०८०, १७ : ०९
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटालीको रोममा सात देशमा रहेका नेपाली प्रतिनिधिहरुलाई भेटेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसँग सोमबार भेट गरेका हुन् । त्यसअवसरमा उनीहरुले नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा समेत देश बन्ने आशा र आत्मविश्वास जगाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिँदै आफुहरु साथमा रहने प्रतिवद्दता जनाए । 

prachanda-itali2

भेटवार्तामा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरुको समस्या समाधान गर्न लागिपर्ने तथा देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको बताए । उनले ठुला ठुला भ्रष्टाचार र तस्करीलाई कार्बाही गर्न सरकारले अठोट लिएकोले राष्ट्र निर्माणमा विदेशमा रहेका नेपालीहरुको समेत साथ आवश्यक रहेका बताएका छन् ।

सोमबार नै प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेका छन् ।

prachanda itali3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप