आज देशका यी नदीमा बाढीको जोखिम, तिनाउ नदीले खतराको तह पार गर्यो
काठमाडौँ । पछिल्लो तीन घण्टायता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले सचेत गराएको छ ।
यसैबीच, तिनाउ नदी बाढी मापन केन्द्र बुटबलमा जलसतह खतराको तहभन्दा निकै माथि पुगेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ ।
हाल दाङको बागासोती, लालमाटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्युठानको बिजुवार, मारीखोला, हंसपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । राप्ती र बबईको साना नदी, दाङ र प्युठानको खहरे खोलामा एक्कासि बाढी आउनसक्ने भएकाले सतर्क रहन महाशाखाले भनेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज दिउँसो कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले यस क्षेत्रमा पनि विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण