इंल्याण्डका पहिलो ‘१० लाख पाउण्ड’ फुटबलरको निधन
मङ्गलबार, ०९ साउन २०८०, १० : २५
लण्डन । इंल्याण्डका पूर्व फरवार्ड ट्रेभर फ्रान्सिसको ६९ वर्षको उमेरमा निधन भएको छ । स्पेनमा हृदयाघातका कारण उनको निधन भएको हो ।
सन् १९७९ मा उनी इंग्ल्याण्डको पहिलो १० लाख पाउण्ड मूल्य भएका खेलाडी बनेका थिए । उनी सो रकममा बर्मिङ्घम सिटीबाट नटिङहम फरेस्टमा आबद्ध भएका थिए ।
बर्मिङ्घमा उनले सन् १९७० मा १६ वर्षको उमेरमा नै आबद्ध भएका थिए । उनको कीर्तिमानलाई सन् २०१९ मा जुड बेलिङहमले तोडेका थिए । क्लबका लागि उनले २८० खेलमा ११९ गोल गरेपछि कीर्तिमानी रकममा फरेस्ट पुगेका थिए ।
फरेस्टसँग उनले दुईवटा युरोपियन कपको उपाधि जितेका थिए । फरेस्टपछि उनी म्यानचेस्टर सिटी र इटालियन क्लब साम्पडोरिया र एटलान्टासँग अनुबन्ध भएका थिए ।
त्यस्तै, उनले इंग्ल्याण्डका लागि ५२ खेल खेल्दै १२ गोल गरेका थिए । त्यसपछि उनले म्यानेजरका रूपमा आफ्नो करियर अघि बढाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण