मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कर्मा र मेनुकाको ‘महानगर’ भदौ ८ मा

मङ्गलबार, ०९ साउन २०८०, १५ : ५४
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । 

एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा विषयवस्तु बनाएको चलचित्रमा कमौ र मेनुका प्रधानको मुख्य भूमिका छ ।

मोहन राईको लेखन तथा निर्देशन रहेको चलचित्र विभिन्न फेष्टिभलपछि नेपाल रिलिज हुन लागेको हो । विभिन्न देशका फेस्टिभलको यात्रा पछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको निर्देशक राईले बताए ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परिक्षित झाको सम्पादन छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन्, भने क्रियटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । 

फिल्ममा कर्मा, मेनुका प्रधानको अलवा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप