कर्मा र मेनुकाको ‘महानगर’ भदौ ८ मा
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा विषयवस्तु बनाएको चलचित्रमा कमौ र मेनुका प्रधानको मुख्य भूमिका छ ।
मोहन राईको लेखन तथा निर्देशन रहेको चलचित्र विभिन्न फेष्टिभलपछि नेपाल रिलिज हुन लागेको हो । विभिन्न देशका फेस्टिभलको यात्रा पछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको निर्देशक राईले बताए ।
माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परिक्षित झाको सम्पादन छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन्, भने क्रियटिभ निर्माता नवनिधि दाहाल रहेका छन् ।
फिल्ममा कर्मा, मेनुका प्रधानको अलवा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण