प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग
काठमाडौँ । प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ । अखिल (क्रान्तिकारी ) ले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गर्दै आन्दोलन थालेको हो ।
सोमबार मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गत इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षामा पाठ्यक्रमभन्दा बाहिरको सोधिएको थियो ।
९ वटा प्रश्नमा ६ वटा भारतसँग सम्बन्धित थियो । प्रश्नपत्र जस्तो गम्भीर विषयमा लापबारही गरिएको भन्दै अखिल क्रान्तिकारीले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गरेको हो ।
प्रश्नपत्रमा भारतसँग सम्बन्धित विषय सोधिएपछि विद्यार्थीहरूले परीक्षा नदिने अडान लिएका थिए । विद्यार्थीहरूको अडानपछि झण्डै १ घण्टा पछि परीक्षा नियन्त्रण कार्यालयले दोस्रो प्रश्नपत्र पठाएको थियो ।
विभिन्न विद्यार्थी संगठनहरूले प्रश्नपत्र बनाउने र लापरबाही गर्ने अधिकारीहरूलाई कारबाही गर्न माग गर्दै आएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गर्दै आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण