मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा बेवारिसे शव फेला

मङ्गलबार, ०९ साउन २०८०, २० : २६
मङ्गलबार, ०९ साउन २०८०


दार्चुला ।  दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार अन्दाजी १५ वर्षकी बालिका सडेको अवस्थामा शव मङ्गलबार दिउँसो फेला परेको हो । बालिकाको शवलाई भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप