‘गदर २’ ट्रेलर : छोरा बचाउन सनीको सङ्घर्ष
मुम्बई । अभिनेता सनी देओल अभिनीत फिल्म ‘गदर २’को ट्रेलर सार्वजनिक भएको छ । ११ अगस्टबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ३ मिनेट २ सेकेन्डको ट्रेलरमा फिल्मका मुख्य झलक समेत समेटिएको छ । ‘गदर २’लाई अनिल शर्माले निर्देशन गरेका हुन् ।
सन् २००१ को सुपरहिट बलिउड फिल्म ‘गदर’को सिक्वेलको रूपमा यो फिल्म निर्माण भएको छ । ‘गदर’ पहिलो शृङ्खला तारा सिंह र सकिनाको वरिपरि घुमेको थियो । सिक्वेलको कथा भने उनीहरूको छोरामा केन्द्रित रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा बुबा र छोराको सम्बन्धलाई देखाउन खोजिएको छ ।
ट्रेलरलाई भारतीय सेनामा भर्ती भएर पाकिस्तानी सेनाको कब्जामा परेको छोरालाई बचाउन तारा सिंहले गर्ने सङ्घर्षलाई देखाइएको छ । पहिलो शृङ्खला तारा सिंहले पाकिस्तानमा पुगेर श्रीमती सकिनालाई फिर्ता ल्याउन गरेको सङ्घर्षमा आधारित थियो ।
पहिलो शृङ्खलामा मेयर अशरफ अलीको भूमिका निर्वाह गरेका अमरीश पुरीको निधन भएको कारण यो फिल्ममा मनीष वाधवा र रोहित चौधरीले भिलेनको भूमिकामा निभाएका छन् । तारा सिंहको भूमिकामा सनी देओल र सकिनाको भूमिकामा अमीषा पटेल छन् । उनीहरूको छोराको भूमिका उत्कर्ष शर्मा छन् । ‘गदर’मा उनले बालकलाकारको रूपमा अभिनय गरेका थिए ।
२००१ मा आमिर खान अभिनीत फिल्म ‘लगान’सँग बक्स अफिसमा भिडन्तका बाबजुद ‘गदर’ले त्यसबेला विश्वभर १ सय ३२ करोड ६० लाख कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण