बरामद सुन ‘प्रत्यक्ष प्रसारण’ गरेर गाल्ने तयारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ मा साँझ त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट करिब १ सय किलो सुन बरामद गरेको थियो । राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ । राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ ।
राजस्व अनुसन्धान विभागले प्रत्यक्ष प्रसारण (लाइभ) गरेर सुन गाल्ने र तौलिने तयारी गरेको छ । ‘प्रत्यक्ष प्रसारण’ गरेर सुन गाल्नेबारे छलफल भइरहेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘त्यो विषय अहिले छलफलकै क्रममा छ ।’
असार ३० मा हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण