हर्क साम्पाङलाई व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न आदेश
काठमाडौँ । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न हर्क साम्पाङलाई अन्तरिम आदेश दिएको छ।
धरान-४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको हो।
'प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि.नं. ४२१ र ३४५ को जग्गामा अनधिकृत रुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार पेस गर्नू,' आदेशमा भनिएको छ ।
साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखित रूपमा जवाफ पेस गर्न भनेको छ।-(न्युज कारखाना)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण