नेपालबाट ७ अर्ब ७० करोडको अलैँची निर्यात

काठमाडौँ । नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ७० करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ९३ लाख ८६ हजार किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट जम्मा ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोडले अलैँचीको निर्यात बढेको हो । नेपालबाट विश्वका ४ वटा देशमा अलैँची निर्यात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै भारतमा ७ अर्ब ६८ करोडको अलैँची निर्यात भएको तथ्यांक छ ।
यस्तै, पाकिस्तानमा १ करोड ९० लाख रुपैयाँको अलैँची निर्यात भएको छ भने इटालीमा १० लाख र जर्मनीमा ६ लाखको अलैँची निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन ८० करोड खर्च गर्दै कर्णाली सरकार
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला