नेपालबाट ७ अर्ब ७० करोडको अलैँची निर्यात
काठमाडौँ । नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ७० करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ९३ लाख ८६ हजार किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट जम्मा ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोडले अलैँचीको निर्यात बढेको हो । नेपालबाट विश्वका ४ वटा देशमा अलैँची निर्यात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै भारतमा ७ अर्ब ६८ करोडको अलैँची निर्यात भएको तथ्यांक छ ।
यस्तै, पाकिस्तानमा १ करोड ९० लाख रुपैयाँको अलैँची निर्यात भएको छ भने इटालीमा १० लाख र जर्मनीमा ६ लाखको अलैँची निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण