शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

टेलर स्वीफ्टको कन्सर्टले सियाटलमा भूकम्प !

आइतबार, १४ साउन २०८०, ०९ : ५५
आइतबार, १४ साउन २०८०

सियाटल । टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सियाटल सहरमा सानो भूकम्प नै गएको एक भूगर्भविद्ले जनाएकी छन् । उनका अनुसार कन्सर्टका दौरान २.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
 
गत जुलाई २२ र २३ मा एरास टूरको दौरान लुमेन फिल्डमा आयोजित कन्सर्टका दौरान यो तथ्यांक रेकर्ड गरिएको थियो । स्वीफ्टले करिब १ लाख ४४ हजार फ्यानका अगाडि प्रस्तुति दिएकी थिइन् ।
 
भूगर्भविद् ज्याकी काप्लान–औरब्याचले सो तथ्यांक स्वीफ्टको साउन्ड सिस्टम वा दर्शकहरुको कारणले गएको हुनसक्ने बताइन् । स्वीफ्टको कन्सर्टले यसअघि सियाटल सीहक र न्यु ओर्लियन्सबीचको खेलमा अमेरिकन फुटबल फ्यानहरुले सिर्जना गरेको भूकम्पको रेकर्ड पनि तोडेका छन् । त्यतिबेला मार्सन लिन्चले टचडाउन गर्दा समर्थकहरु उर्फेर २ म्याग्निच्युडको भूकम्प सिर्जना गरेका थिए ।
 
सांगीतिक कन्सर्टहरुमा यसअघि पनि भूकम्प सिर्जना हुने गरेका छन् । सन् २०११ मा फू फाइटरले न्यूजिल्याण्डमा कन्सर्ट गर्दा यस्तै सानो भूकम्प गएको थियो । 
–बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप