जनकपुरबाट ‘राजागञ्ज’को छायांकन सुरु
आइतबार, १४ साउन २०८०, १६ : ३०
काठमाडौँ । फिल्म ‘राजागञ्ज’को छायांकन सुरु भएको छ ।
फिल्मको शनिबारदेखि जनकपुरको रामानन्द चोकबाट छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपक रौनियार हुन् ।
फिल्म जनकपुरपछि मोरङ र महोत्तरीमा छायांकन हुनेछ । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । पोखरेलले ४० दिनको छायांकन सेडुलसहित फिल्मको छायांकन सुरु गरिएको बताए ।
फिल्ममा दयाहाङ राई, पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक, आशा मगराती, विजय बराल, घनश्याम मिश्र, पशुपति राई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । अमेरिकी छायांकार सेल्दन चाउले छायांकन गरिहेका छन् । उनका फिल्म कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फेस्टिभलमा प्रदर्शन भएका थिए ।
फिल्म समयविरुद्धको कथामा थ्रिलर तरिकाले निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण