आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार दिने बक्सिङ महासंघको निर्णय

आइतबार, १४ साउन २०८०, २० : २०
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नेपाल बक्सिङ महासंघले आगामी १९ औं एसियाली खेलकुदमा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ

महासंघको बैठकले स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीहरुलाई क्रमशः दश लाख, पाँच लाख र दुई लाख पचास हजार दिने निर्णय गरेको हो । 

बैठकले महासचिवको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरुबाट माग गरी भाद्र महिनाभित्रमा संघको क्यालेन्डर प्रकाशित गर्ने र वार्षिक तालिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । यसका लागि ५ सदस्यीय समिति गठन गर्नका लागि महासचिवलाई नै जिम्मेवारी दिइएको छ । 

यसैबीच नेपाल बक्सिङ महासंघको कोष वृद्धि गर्न पदाधिकारीहरुबाट रु. १५ हजार र सदस्यहरुबाट रु. १० हजार सहयोग स्वरुप संकलन गर्ने निर्णय पनि भएको छ । 

साथै मासिक रुपमा पदाधिकारीहरुबाट मासिक ५ हजार, सदस्यहरुबाट ३ हजार संकलन गर्ने निर्णय पनि भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप