एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार दिने बक्सिङ महासंघको निर्णय
काठमाडौँ । नेपाल बक्सिङ महासंघले आगामी १९ औं एसियाली खेलकुदमा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ
महासंघको बैठकले स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीहरुलाई क्रमशः दश लाख, पाँच लाख र दुई लाख पचास हजार दिने निर्णय गरेको हो ।
बैठकले महासचिवको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरुबाट माग गरी भाद्र महिनाभित्रमा संघको क्यालेन्डर प्रकाशित गर्ने र वार्षिक तालिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । यसका लागि ५ सदस्यीय समिति गठन गर्नका लागि महासचिवलाई नै जिम्मेवारी दिइएको छ ।
यसैबीच नेपाल बक्सिङ महासंघको कोष वृद्धि गर्न पदाधिकारीहरुबाट रु. १५ हजार र सदस्यहरुबाट रु. १० हजार सहयोग स्वरुप संकलन गर्ने निर्णय पनि भएको छ ।
साथै मासिक रुपमा पदाधिकारीहरुबाट मासिक ५ हजार, सदस्यहरुबाट ३ हजार संकलन गर्ने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण