सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गर्ने

सोमबार, १५ साउन २०८०, १० : ५७
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा विधान सम्मेलन मंसिरमा गर्ने समझदारी भएपनि मिति भने केन्द्रीय समिति बैठकबाट तय हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । 

पार्टीलाई व्यवस्थित बनाउँदै विधि र पद्दतिमा चलाउन मंसिरमा विधान सम्मेलन गर्ने तय भएको उनको भनाइ छ । 

‘पदाधिकारी बैठकमा मंसिरमा विधान सम्मेलन गर्नेगरी केन्द्रीय समितिको एजेण्डा बनाएको छ । यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने छ’ शर्माले भने, ‘केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गरेर अघि बढ्ने छौं ।’

पार्टीमा विशेष महाधिवेशन गर्नुपर्ने तर्क उठेको थियो । अन्तिममा पार्टीको विधान सम्मेलन गर्ने समझदारी भएपछि विशेष महाधिवेशन रोकिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप