लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण
सोमबार, १५ साउन २०८०, १५ : २८
रुपन्देही । ग्लोवल फण्डको अनुदान र सेभ द चिल्डेन्सको सहयोगमा बुटवलमा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण भएको छ ।
बुटवल १२ तामनगरमा दातृ निकायको सहयोगमा ८ करोड ७० लाख लागतमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले भवन निर्माणपछि सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
मुख्यमन्त्री चौधरीले लुम्बिनीलाई देशकै नमुना प्रदेश बनाउन आफू लागिरहेको बताए । उनले जनताको सेवाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
यस्तै प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले प्रयोगशालाको भवन समयमै निर्माण भएको बताए । प्रयोगशालालाई पूर्ण क्षमतामा चलाउनको लागि मन्त्रालय तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण