कोटहीमाई गाउँपालिकाका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले रुपन्देहीस्थित कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उक्त गाउँपालिका–७ अन्तर्गतको सडक पिसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँचपछि भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घुस मागेको आरोप यादवविरुद्ध छ । आयोगको बुटवलस्थित शाखाले यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मझगाँवा इन्जिनियर यादवले कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए ।
इन्जिनियर (सेवा करार) यादवको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको जानकारी दाहालले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण