इटहरीमा डेंगी रोगको परीक्षण र अस्पताल खर्च निःशुल्क
सोमबार, १५ साउन २०८०, २० : १४
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरवासीको लागि इटहरी अस्पतालमा डेंगीको जाँच र उपचार निःशुल्क गरिदिने भएको छ ।
सोमबार कार्यपालिका तथा नगर सदस्यहरुसहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेंगी परीक्षण र उपचार खर्च निःशुल्क गरिदिने घोषणा गरेका हुन्।
साथै उपमहानगरले डेंगी रोगविरुद्ध 'खोज र नष्ट' अभियान चलाउने भएको छ । वडा तहसम्म अभियानलाई लैजान मेयर हेमकर्ण पौडेलले स्वास्थ्य शाखा तथा इटहरी अस्पतालका कर्मचारीहरुलाई निर्देशन दिए ।
इटहरीमा डेंगीको महामारी हुन नदिन उपमहानगरले सतर्कता अपनाएको मेयर पौडेलको भनाइ छ । मेयर पौडेलले डेंगी नियन्त्रण गर्न सबै नगरबासी लागि पर्नुको विकल्प नभएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
-
लालिगुराँस बहुउद्देश्यीय सहकारीको जग्गा लिलामी प्रक्रिया सुरु
-
पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सांसद राणाको माग
-
सेयर बजारका विकृतिमाथि रास्वपा सांसद लिमा अधिकारीको प्रश्न: ‘सेबन किन रियाक्टिभ मात्रै ?
-
नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण