शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रेखाको ‘उपहार’मा मिस्टर नेपाल समर्पणको इन्ट्री

मङ्गलबार, १६ साउन २०८०, १० : ३३
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । ‘मिस्टर नेपाल २०२३’ विजेता समर्पण कार्की फिल्मको हिरोको रूपमा देखिने भएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म ‘उपहार’मा उनी हिरोको रूपमा देखिने भएका हुन् । 

समर्पण पेसाले पाइलट हुन् । केही दिन अगाडि राजधानीमा आयोजित ‘मिस्टर नेपाल २०२३’को उपाधि उनले हात परेका थिए । फिल्ममा उनी अभिनेत्री पूजाको जोडीको रूपमा देखिनेछन् । 

फिल्ममा समर्पण र पूजाको अलावा अभिनेत्री रेखा थापा र मुकुन भुसालको पनि मुख्य भूमिका रहनेछ । रेखा र मुकुन फिल्ममा जोडीको रूपमा देखिनेछन् ।

रेखा थापाले निर्माण गर्न लागेको फिल्मको भदौबाट छायाङ्कन सुरु हुँदैछ । प्रेमकथामा बन्न लागेको फिल्ममा अर्जुन पोखरेलको सङ्गीत, विष्णु कल्पितको छायाङ्कन रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप