सुन तस्करीको छानबिन सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो : महेश बर्तौला
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका हुन् ।
सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको उनले बताए ।
मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजश्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताए । अहिले छानबिनमा संलग्न रहेका निकाय तथा अधिकारीहरुले पनि उच्चस्तरीय छानबिनको आवश्यकता औंल्याइरहेको उनको जिकिर थियो ।
सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबिन समितिको माग गरिरहँदा पनि सरकार डराइरहेको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन