सुन तस्करीको छानबिन सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो : महेश बर्तौला
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका हुन् ।
सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको उनले बताए ।
मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजश्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताए । अहिले छानबिनमा संलग्न रहेका निकाय तथा अधिकारीहरुले पनि उच्चस्तरीय छानबिनको आवश्यकता औंल्याइरहेको उनको जिकिर थियो ।
सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबिन समितिको माग गरिरहँदा पनि सरकार डराइरहेको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण