आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय सवारी साधनका लागि प्राधिकरणले विद्युतको ग्यारेन्टी गर्छ : कुलमान घिसिङ

मङ्गलबार, १६ साउन २०८०, १९ : २८
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताएका छन् ।  

मंगलबार न्युज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत् आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत् ग्यारेन्टी गर्ने प्रतिबद्धता गरे । 

कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत् अभाव हुने मान्छेहरुलाई चिन्ता लागे पनि विद्युतीय सवारी साधनका लागि विद्युत् अभाव नहुने बताए । उनले प्राधिकरणले अहिले विद्युत् निर्यात गरिरहेको भन्दै विद्युतीय सवारी साधनलाई विद्युत् नपुग्ने भन्ने कुरा गर्न नमिल्ने बताए । उनले प्राधिकरणले मुलुकभित्रै विद्युत् खपत बढाउने नीति लिएको भन्दै निर्यात कम गर्नसक्ने बताए । 

कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत् पुग्ने भन्दै हरेक वर्ष प्राधिकरणले १ हजार मेगावाट विद्युत् थप गरिरहेको समेत बताए । उनले विद्युत् आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको बताए । उनले भारतबाट विद्युत् आयात गर्दा ४ रुपैयाँमा आयात गर्ने बताए । 

कार्यकारी निर्देशक घिसिङले अब गाउँ–गाउँमा समेत विद्युतीय इन्डक्शन चुलो बाल्नुपर्ने बताए । उनले गाउँघरमा दाउराको विकल्प भएकाले इन्डक्शन चुलो २४ सै घण्टा विद्युत् मात्रै बाल्छु भन्न नहुने बताए ।

कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेशनहरु राखेको भन्दै ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेको बताए । उनले सुर्खेत, मुल्कोट, काठमाडौंको चार पाँच ठाउँमा चार्जिङ स्टेशन रहेको बताए । उनले विद्युत् प्राधिकरणको कम्पाउण्ड भित्र रहेको चार्जिङ स्टेशन २४ घण्टामा २४ घण्टा लाइन लाग्ने गरेको बताए । उनले प्राधिकरण थप १३ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा रहेको बताए । 

कार्यकारी निर्देशक घिसिङले शतप्रतिशत विद्युत् सप्लाई हुन्छ भनेर नेपालको अहिलेको सिस्टममा भन्न नसक्ने बताए । उनले सहज रुपमा सबैलाई विद्युत् पु¥याउनको लागि ठूलो लगानी आवश्यक रहेको बताए । उनले करिब ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत् २४ घण्टा पाउने अवस्था आउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप