बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को निर्णय : संघीय शिक्षा ऐन संसदमा पठाउने, लम्की स्किन पीडित किसानलाई क्षतिपूर्ति दिने

मङ्गलबार, १६ साउन २०८०, १९ : ४२
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले  विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधाबापत २० करोड अनुदान स्वीकृत गरेको छ । 

यो बाहेक बैठकमा लम्पी स्किन रोग लगायत अन्य समसामयिक विषयमा गम्भीर छलफल भएको मन्त्री शर्माको भनाइ छ । 

छलफल अनुसार लम्पी स्किन रोगबाट किसानले भोगेको क्षतिबारे कृषि मन्त्रालयको प्रतिवेदनका आधारमा अर्को बैठकबाट क्षतिपूर्ति दिनेगरी निर्णय गर्ने सरकारले जनाएको छ ।

उनले भनिन्, ‘विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय भएको छ । यो अर्थ मन्त्रालयको प्रस्तावमा । अर्को लामो समयदेखि प्रतीक्षारत रहेको संघीय शिक्षा ऐन जुन थियो, त्यसलाई संसदमा पठाउन आज स्वीकृति दिएको छ । त्यसैगरेर यो विज्ञापन नियमन गर्ने विधेयक, २०८० पनि स्वीकृत गरिएको छ । लम्पी स्किनलगायतका विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप