लेबी नबुझाउनेलाई समितिबाट हटाउने जनमतको चेतावनी
काठमाडौँ । जनमत पार्टीले तोकेअनुसार लेबी नतिरेका पार्टी सदस्यलाई सम्बन्धित समितिहरुबाट हटाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालयले तोके बमोजिमको वार्षिक, मासिक लेबी तिर्न र सदस्यता शुल्क तिरेर आआफ्नो सदस्यता समयमा नवीकरण गर्न जनमत पार्टीले नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।
लेबी नतिर्ने पदाधिकारी तथा सदस्यहरुको नाम सम्बन्धित समितिहरुबाट क्रमिक रुपमा हटाउने निर्णय भएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए । पार्टीको बैठकहरुमा नवीकरण गरिएको सदस्यता परिचयपत्र अनिवार्य गर्न समेत निर्देशन दिएको बताउँदै उनले क्रियाशील सदस्यता वा साधारण सदस्यता नवीकरण जिल्ला पार्टी कार्यालयबाट हुने जानकारी दिए ।
केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्का सदस्यले वार्षिक एक हजार, प्रदेश समिति सदस्यले ५००, जिल्ला समितिले ४००, पालिका समिति सदस्यले ३००, वडा समिति सदस्यले २०० रुपैयाँ लेबी बुझाउनुपर्ने तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण