गुगलले यस्ता खाता सधैँका लागि डिलिट गर्दै
गुगलले आफ्ना प्रयोगकर्ताका लागि एउटा जानकारी साझा गरेको छ । यसै वर्षको मे महिनामा कम्पनीले ३१ डिसेम्बरबाट लामो समयदेखि प्रयोगमा नआएका अकाउन्टलाई डिलिट गर्ने बताएको थियो । कम्पनीले यस्तो अकाउन्ट ह्याक हुने खतरा अत्यधिक रहने बताएको छ । यदि कसैले दुई वर्ष अघि गुगल अकाउन्ट बनाएको छ तर त्यो प्रयोगमा आएको छैन भने कम्पनीले सुरुमा जानकारी दिनेछ र त्यसपछि डिलिट गर्नेछ ।
कम्पनीले यस्ता अकाउन्ट भएका प्रयोगकर्तालाई इमेल पठाइरहेको छ जसमा गुगलले ग्राहकलाई चेतावनी दिँदै सन् २०२३ को डिसेम्बर १ देखि निष्क्रिय खातालाई डिलिट गर्न सुरु गर्नेछ ।
गुगलले भनेको छ, ‘यदि तपाईंको खाता निष्क्रिय मानिन्छ भने हामी कुनै पनि कारवाही गर्न वा कुनै पनि अकाउन्टको सामग्री हटाउनुभन्दा अघि तपाईं र तपाईंको रिकभरी इमेल (यदि तपाईंले दिनुभएको छ भने) दुबैलाई थुप्रै रिमाइन्डर इमेल पठाउनेछौँ ।’
कसरी सक्रिय राख्ने खाता
गुगल खातालाई सक्रिय राख्ने सबैभन्दा सजिलो तरिका यसलाई हरेक दुई वर्षमा कम्तीमा एकपटक लगइन गर्नु हो । यदि तपाईंले पछिल्लो दुई वर्षभित्र आफ्नो गुगल एक्सेस गर्नुभएको छ भने यसलाई एक्टिभ मानिनेछ र हटाइने छैन ।
यसबाहेक खाता सक्रिय राख्नका लागि इमेल पढ्ने वा पठाउने, गुगल ड्राइभ प्रयोग गर्ने, पले स्टोरबाट एप्स डाउनलोड गर्ने, गुगल सर्चको प्रयोग गर्ने र लग अन गरिरहेका बेला युट्युब हेर्ने, फोटो सेयर गर्ने लगायतका क्रियाकलाप गर्न सक्नुहुन्छ ।
गुगलका प्रडक्ट म्यानेजमेन्टकी ग्लोबल उपाध्यक्ष क्रिचेलीले भनिन्, ‘बिर्सिएका वा प्रयोग नगरिएका खाताहरू प्रायः पुरानो वा पुनः प्रयोग गरिएका पासवर्डमा निर्भर हुने भएकोले ह्याकरले यसमा छेडछाड गरिसकेको हुनसक्छ । यसबाहेक निष्क्रिय खाताले टु–फ्याक्टर अथेन्टिकेसन पनि सेट अप गरेको हुँदैन । यसले प्रयोगकर्ताको सुरक्षामा खतरा रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण