नेपाल महिला संघले तोक्यो चार जिल्ला अध्यक्ष
बुधबार, १७ साउन २०८०, २१ : ३८
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ । संघकी अध्यक्ष उषा रावत मिश्रले जिल्ला अधिवेशन गराउने प्रयोजनका लागि जिल्ला कार्यसमिति नभएका चार जिल्लामा अध्यक्ष मनोनीत गरेकी हुन् ।
सोलुखुम्बु, सिरहा, बारा र पर्सा जिल्लाको अध्यक्ष मनोनीत गरेको महिला संघले जनाएको छ ।
संघले सोलुखुम्बु महिला संघको अध्यक्षमा सरला नाछिरिङ राईलाई मनोनीत गरेको छ । त्यस्तै, सिराहा अध्यक्षमा संगिता चौधरी, बारा अध्यक्षमा कलावती पासवान र पर्सा अध्यक्षमा किरणकुमारी शर्मा मनोनीत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण