जनमत पार्टीको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक आज बस्ने भएको छ । बुद्धनगरस्थित एक पाटी प्यालेसमा बैठक बस्न लागेको हो ।
केन्द्रीय समिति विस्तार गरेपछिको यो पहिलो बैठक हो । यो बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनुको साथै परिचय गराउने काम समेत हुने बताइएको छ । मिसन ८४ अन्तर्गत पार्टीका अध्यक्ष सिके राउतबाट प्रशिक्षण दिने कार्य समेत हुने एक नेताले बताए ।
मिसन ८४ सफल बनाउनका लागि नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने, पार्टीलाई सङ्गठित तथा व्यवस्थित कसरी बनाउने जस्ता विषयमा छलफल पनि हुने बताइएको छ । मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा प्रशिक्षण कार्यक्रम गर्नुको साथै सङ्गठन विस्तारको कामलाई पनि तीव्र रूपमा अगाडि बढाएको छ ।
जनमत पार्टीले अगामी चुनावमा मधेस प्रदेशमा दुई तिहाइ बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने लक्ष्य लिएका छ र त्यसका लागि पुरै पार्टी पङ्क्तिलाई सक्रिय बनाएको छ । हिजो राष्ट्रिय परिषद्को बैठक तथा प्रशिक्षण थियो भने त्यसअघि वडास्तर, प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला इन्चार्ज, मधेस प्रदेश समिति, लुम्बिनी प्रदेश समितिलगायतको प्रशिक्षण तथा बैठक सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण