सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

बिहीबार, १८ साउन २०८०, ०९ : ०७
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक आज बस्ने भएको छ । बुद्धनगरस्थित एक पाटी प्यालेसमा बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति विस्तार गरेपछिको यो पहिलो बैठक हो । यो बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनुको साथै परिचय गराउने काम समेत हुने बताइएको छ । मिसन ८४ अन्तर्गत पार्टीका अध्यक्ष सिके राउतबाट प्रशिक्षण दिने कार्य समेत हुने एक नेताले बताए ।

मिसन ८४ सफल बनाउनका लागि नेता तथा  कार्यकर्तालाई कसरी परिचालन गर्ने, पार्टीलाई सङ्गठित तथा व्यवस्थित कसरी बनाउने जस्ता विषयमा छलफल पनि हुने बताइएको छ । मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा प्रशिक्षण कार्यक्रम गर्नुको साथै सङ्गठन विस्तारको कामलाई पनि तीव्र रूपमा अगाडि बढाएको छ । 

जनमत पार्टीले अगामी चुनावमा मधेस प्रदेशमा दुई तिहाइ बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने लक्ष्य लिएका छ र त्यसका लागि पुरै पार्टी पङ्क्तिलाई सक्रिय बनाएको छ । हिजो राष्ट्रिय परिषद्को बैठक तथा प्रशिक्षण थियो भने त्यसअघि वडास्तर, प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला इन्चार्ज, मधेस प्रदेश समिति, लुम्बिनी प्रदेश समितिलगायतको प्रशिक्षण तथा बैठक सम्पन्न भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप