सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारमा सहभागी हुने मुख्य एजेण्डा

बिहीबार, १८ साउन २०८०, १४ : ४४
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ ।  बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । 

बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा सिके राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए । उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए ।

उनले भने, ‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मूल एजेण्डा भनेको संगठन सुदृढीकरण, अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनीत गर्नुपर्ने नामहरु मनोनीत गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागिताको विषयमा पनि छलफल हुनेछ ।’

अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनीत गर्नुपर्ने सदस्यहरु, विभाग गठनको विषयमा पनि छलफल हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप