शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

शोएब मलिकले इन्स्टाग्रामबाट श्रीमती सानियाको नाम हटाए

बिहीबार, १८ साउन २०८०, १५ : २३
बिहीबार, १८ साउन २०८०

भारतकी पूर्व टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिकको सम्बन्ध विच्छेदको खबर पुनः फैलिएको छ । पाकिस्तानका पूर्व कप्तान शोएब मलिकले आफ्नो इन्स्टाग्रामको बायोमा परिवर्तन गरेपछि यस्तो खबर सार्वजनिक भएको हो । शोएबले आफ्नो बायोबाट सानिया मिर्जाको नाम हटाइदिएका छन् । 

शोएबले पहिला आफ्नो बायोमा सानिया मिर्जालाई मेन्सन गर्दै लेखेका थिए, ‘हसबेन्ड टु ए सुपरवुमन’ । उनले अब यो लाइन आफ्नो बायोबाट हटाइदिएका छन् । त्यसपछि उनीहरू एक–अर्काबाट अलग्गिन लागेको हुन् कि भन्ने अनुमान धेरैले गरे ।

shoaib-malik-bioनोभेम्बरमा आएको थियो सम्बन्ध विच्छेदको खबर

अघिल्लो वर्ष नोभेम्बर महिनामा सानियाको शोएब मलिकसँग सम्बन्ध विच्छेदको खबर आएको थियो । यद्यपि, यसबारे यी दुईले केही भनेका थिएनन् । पछि सानियाले शोएब मलिकसँग एउटा फोटो सेयर गरिन् । यी दुईले एउटा टक सो ‘मलिक–मिर्जा सो’ पनि सुरु गरे । त्यसपछि उनीहरूको सम्बन्धविच्छको खबरमा विराम लाग्यो ।

पाकिस्तानी मिडियाले बताएको थियो कारण

आफ्नो सम्बन्धको विषयमा हालसम्म सानिया वा शोएबले केही पनि बताएका छैनन् । अघिल्लो वर्ष नोभेम्बरमा पाकिस्तानी मिडियाले यी दुई छुट्टा–छुट्टै बसिरहेको बताएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप