मन्त्रिपरिषद बैठक
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने सरकारको निर्णय
बिहीबार, १८ साउन २०८०, २० : ३०
काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी दिएकी छन् ।
हालका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लागेको हो । सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने र सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण