बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर ‘अदृश्य’

शुक्रबार, १९ साउन २०८०, १० : ४१
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । आज शुक्रबारबाट एक मात्र नेपाली फिल्म ‘अदृश्य’ प्रदर्शनमा आएको छ । साउन महिना नेपाली फिल्मको व्यवसाय नहुने भन्दै अन्य निर्माताले फिल्म प्रदर्शनको आट नदेखाएपछि  ‘अदृश्य’ले सिङ्गल रिलिज अवसर पाएको हो । यद्यपि देशभरका हल भने फिल्मले मात्र पाएको छैन ।

किनभने हलिउडका दुई फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’ र शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ले केही हल ओगटेको छ ।

‘अदृश्य’ प्रह्लाद काफ्लेको निर्देशनमा बनेको फिल्म हो । काफ्लेको यो निर्देशनमा डेव्यु हो । फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी छ ।

पिताम्बर फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद, रिस्ताको अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेल लगायतको अभिनय छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायाङ्कन, विशाल पौडेलको सङ्गीत, शिशिर खातीको कोरियोग्राफ रहेको फिल्म आरआर फिल्मस्ले वितरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप