‘कमेडी च्याम्पियन’मा भित्रिन लागेका हुन् सन्दीप क्षेत्री ?
काठमाडौँ । कमेडी टेलिभिजन सो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ केही समयका लागि बन्द गरिएको घोषणा गरिएको थियो । सो बन्द भएसँगै यसका होस्ट विशाल भण्डारी ‘कमेडी च्याम्पियन सिजन ३’को तयारीमा जुटिसकेका छन् । पहिलो सिजनदेखिनै शोको भण्डारीले निर्देशन गर्दै आएका छन् ।
विशालले हालै सामाजिक सञ्जाल फेसबुकमा कमेडियन सन्दीप क्षेत्रीसँगको एक तस्बिर शेयर गर्दै भविष्यको प्रोजेक्टका लागि छलफल भनेर उल्लेख गरेका छन् । उनको पोष्टले धेरैलाई कौतुहलता जगाएको छ ।
तस्बिरले ‘कमेडी च्याम्पियन सिजन ३’मा सन्दीप भित्रिन लागेको हो कि भन्ने चर्चा सुरु भएको छ । ‘कमेडी च्याम्पियन’मा जजको रूपमा प्रदीप भट्टराई, ऋचा शर्मा, सन्तोष पन्त र मनोज गजुरेलले देखिँदै आएका छन् ।
सन्दिपको कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘ह्वाट द फ्लप’ सो पल शाहको अन्तरवार्ताको कारण विवादित बनेर बन्द भएको थियो ।
सन्दीप अहिले खाली रहेको समय भण्डारीसँगको भेट अर्थपूर्ण मानिएको हो । कतिले के सन्दीपले ‘कमेडी च्याम्पियन सिजन ३’ मा भित्रिन लागेका हुन् ? भनेर प्रश्न समेत गरेका छन् ।
यस विषयमा विशाल र सन्दीप दुवैको भने मुख खोलिसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण