द्वन्द्वका घटनालाई बारम्बार बल्झाइराख्नु मानवअधिकार उलंघन हो : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उलंघन हुने बताएकी छन् ।
शुक्रबार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले द्वन्द्वका घटनालाई लिएर घटनालाई बारम्बार बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उलंघन हुने भन्दै यसलाई तत्काल समाधान गर्न आवश्यक रहेको बताइन् । उनले सरकारले मानव अधिकार उलंघन घटनाहरु मुख्य रुपमा द्वन्द्व र युद्धको अवधिमा भएका घटनाहरुलाई टुंग्याउन सत्यनिरुपन मेलमिलाप आयोग सम्बन्धी विधेयक ल्याएको बताइन् ।
मन्त्री शर्माले सरकारले ल्याएको विधेयक अहिले संसदीय समितिमा उपसमिति बनाएर करिब अन्तिम चरणमा पुगेको बताइन् । उनले मानवअधिकार उलंघनलाई टुंग्याएर समाजमा मेलमिलापको अवस्थामा जानुपर्ने र सबै मिलेर देशलाई समृद्धिको दिशा लैजाने पर्ने ठाउँमा फेरि पछाडि फर्केर आरोप प्रत्यारोपमा लाग्न नहुने बताइन् ।
मन्त्री शर्माले पछिल्लो समय द्वन्द्वका घटनालाई लिएर आरोप प्रत्यारोपमा गर्नु ठिक नभएको भन्दै नेपालले सदाका निम्ति टुंग्याउनुपर्ने बताइन् । उनले सधैँभर नेपाल द्वन्द्वमा छ, नेपालमा शान्तिप्रक्रियाको काम टुङ्गिएको छैन र नेपालले शान्तिप्रक्रियाको काम टुंग्याउन सक्दैन भन्ने सन्देश बाहिर जानु बेठिक भएको बताइन् ।
मन्त्री शर्माले सरकारले संक्रमणकालिन न्यायसम्बन्धी ऐन टुंग्याउने काम प्राथमिकतामा राखेको बताइन् । उनले सरकारले अझ संसदबाट टुंग्याउने भनेर लागेको तर बढी महत्त्वपूर्ण भएकाले समितिमा लगेर छलफल भइरहेको बताइन् । उनले ऐन बनेपछि नेपालमा भएका गम्भीर उलंघनका घटनाहरुमा कतिलाई आम माफी दिनुपर्ने,कतिलाई सजाय गर्नुपर्ने विषयमा अगाडि बढाउन सजिलो हुने बताइन् ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले मानव अधिकार अभिलेख केन्द्र युरोप लगायतका देशहरुबाट आउने र नेपाली विद्यार्थीहरुका लागि ठूलो शिक्षाको केन्द्र बन्ने बताए । उनले अभिलेखका माओवादी तथा नेपाली सेनाले गरेका घटनाहरुलाई राखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण