उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न सरकारसँग कांग्रेसको माग
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । पार्टीले स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्ब पहल गर्न सरकारसँग माग गरेको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दुःखद छ । बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ । यस दुःखद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति नेपाली कांग्रेस गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गर्दछ ।’
बिहीबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ । पहिरोमा परी जुम्ला जिल्लाका १० र हुम्लाका ३ जना बेपत्ता भएका हुन् । जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये तीन नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ ।
पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले २८ वर्षीय अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएको बताए । गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता भएका छन् । भारतीय प्रहरीले पातारासी–२ कै सुखराम रावत, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण