विदेशबाट ५७ करोडको सिरिञ्ज आयात
शनिबार, २० साउन २०८०, १६ : ०४

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा विभिन्न मुलुकबाट ५७ करोड रुपैयाँभन्दा धेरैको सिरिञ्ज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ५७ करोड ८३ लाख रुपैयाँभन्दा धेरैको सिरिञ्ज आयात भएको हो ।
तथ्यांकअनुसार उक्त अवधिमा ६ करोड ३७ लाख १० हजार वटा सिरिञ्ज भित्रिएका छन् । र आयातकर्ताले राज्यलाई २ करोड ४७ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा विश्वका १९ वटा देशबाट सिरिञ्ज आयात हुने गरेको छ ।
सबैभन्दा धेरै चीनबाट ३९ करोड ९० लाख रुपैयाँको सिरिञ्ज भित्रिँदा भारतबाट ९ करोड ७७ लाख रुपैयाँको भित्रिएको छ । यस्तै, डेनमार्कबाट ५ करोड ३२ लाख रुपैयाँको र अमेरिकाबाट १ करोड २७ लाख रुपैयाँको सिरिञ्ज भित्रिएको छ ।
यसबाहेक अन्य मुलुकबाट भने न्यूनमात्रामा सिरिञ्ज आउने गरेको भन्सार तथ्यांकले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा उकालो लाग्यो हत्याको ग्राफ : ४ वर्षमा ३८५ जनाको मृत्यु
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक