विदेशबाट ५७ करोडको सिरिञ्ज आयात
शनिबार, २० साउन २०८०, १६ : ०४
काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा विभिन्न मुलुकबाट ५७ करोड रुपैयाँभन्दा धेरैको सिरिञ्ज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ५७ करोड ८३ लाख रुपैयाँभन्दा धेरैको सिरिञ्ज आयात भएको हो ।
तथ्यांकअनुसार उक्त अवधिमा ६ करोड ३७ लाख १० हजार वटा सिरिञ्ज भित्रिएका छन् । र आयातकर्ताले राज्यलाई २ करोड ४७ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा विश्वका १९ वटा देशबाट सिरिञ्ज आयात हुने गरेको छ ।
सबैभन्दा धेरै चीनबाट ३९ करोड ९० लाख रुपैयाँको सिरिञ्ज भित्रिँदा भारतबाट ९ करोड ७७ लाख रुपैयाँको भित्रिएको छ । यस्तै, डेनमार्कबाट ५ करोड ३२ लाख रुपैयाँको र अमेरिकाबाट १ करोड २७ लाख रुपैयाँको सिरिञ्ज भित्रिएको छ ।
यसबाहेक अन्य मुलुकबाट भने न्यूनमात्रामा सिरिञ्ज आउने गरेको भन्सार तथ्यांकले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण