कलाकर्मीको सम्मान र सुरक्षामा कांग्रेस गम्भीर नभएको गुनासो
बुटवल । नेपाल सांस्कृतिक महासङ्घको लुम्बिनी प्रदेश स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।
भेलामा सहभागी लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सभापतिले कलाकर्मीहरूको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रूपमा रहेको नेपाली काँग्रेस गम्भीर नभएको गुनासो राखेका थिए । कार्यक्रममा सांस्कृतिक महासङ्घका केन्द्रीय सभापति तीर्थ बहादुर थापाले सांस्कृतिकर्मीहरुको सम्मानका लागि महासङ्घको स्थापना गरिएको बताए ।
सांस्कृतिक कर्मीले मात्र देशमा परिवर्तन गर्न सक्छन् भन्ने भावना नेपाली कांग्रेसले बुझ्न जरुरी रहेको उनको भनाइ थियो ।
सोही अवसरमा नेपाल सांस्कृतिक महासङ्घका महामन्त्री शिवशङ्कर रिजाल (जोगिन्दर) ले नेपाली कांग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सांस्कृतिक महासङ्घ लागि परेको बताउँदै पार्टीलाई सबल र सक्षम बनाउनका लागि सम समयमा कार्यक्रम समेत गर्ने गरेको बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभापति डिल्लीनारायण पाण्डेले नेपाली कांग्रेस भित्र देखिएको गुटउपगुट सांस्कृतिक सङ्घमा नदेखिएको बताए ।
सांस्कृतिक सङ्घलाई नेपाली कांग्रेस पार्टीले प्राथमिकतामा राख्न जरुरी रहेको बताए । नेपाल सांस्कृतिक महासङ्घलाई स्थानीय तहसम्म पुराउन र हरेक स्थानीय तहमा समिति गठन गरी जिल्ला र प्रदेश समिति चयन गरी आगामी मङ्सिर सम्ममा केन्द्रीय समितिको अधिवेशन गर्ने गरी महासङ्घले अभियान सुरु गरिएको छ । सोही अभियान अन्तर्गत लुम्बिनी प्रदेशको भेला भएको हो । भेलामा खिमानन्द भटृराई, प्रचण्ड जिसी , बाबुराम घिमिरे लगायतले महासङ्घलाई सशक्त बनाउने गरी कार्यक्रम ल्याउन जरुरी रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण