दक्षिण अफ्रिकालाई हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेदरल्यान्ड्स
काठमाडौँ । नेदरल्यान्ड्स नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले आइतबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २—० गोलले पराजित गर्यो ।
नेदरल्यान्ड्सले खेलको दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको नवौँ मिनेटमै डच टोलीका लागि जिल रुर्डले पहिलो गोल गरेकी थिइन् । खेलको ६८औँ मिनेटमा लिनेथ बिरेस्टिनले अर्को गोल थप्दै नेदरल्यान्ड्सलाई सजिलै अन्तिम आठमा पुर्याइन् ।
नेदरल्यान्ड्स महिला विश्वकपको साविक उपविजेता राष्ट्र हो । नेदरल्यान्ड्स सन् २०१९ मा भएको आठौँ महिला विश्वकपको फाइनलमा अमेरिकासँग २—० गोलले पराजित भएको थियो । महिला विश्वकपको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
हालसम्म जारी महिला विश्वकपको क्वार्टरफाइनलमा पुग्ने तीनवटा टोलीको टुङ्गो लागिसकेको छ । नेदरल्यान्ड्सका अतिरिक्त स्पेन र जापान पनि अन्तिम आठमा पुगिसकेका छन् । प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण