‘कामिनो’ मा को होला हिरोइन ?
काठमाडौंँ । दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म हो ‘कामिनो’ । प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्मका लागि केही अगाडि नीति शाह र वर्षा शिवाकोटी अभिनेत्रीको रुपमा छानिएका थिए । फिल्मको काम समयमै सुरु नहुँदा नीतिकले फिल्म छाडेर सुदर्शन थापाको ‘रावायण’ जोडिएकी छन् भने वर्षाले पनि छोडेको चर्चा छ ।
यसैबीच फिल्मको अभिनेत्रीमा आना शर्मा फाइनल भएको हल्ला छ । निर्देशक दीपक ओलीले भने अभिनेत्री नीति बाहिरिएपछि अभिनेत्रीको रुपमा कोही नभित्रिएको बताए । ‘हामी फिल्मका लागि स्वस्तिमा खड्का, आना शर्मा लगायत केही अभिनेत्रीसँग कुरा गरिरहेका छौं । छिट्टै फाइनल गर्छाै । तर अहिलेसम्म कोही भित्रिएको छैन’, वलीले भने ।
महेश दवाडीको लेखन रहेको फिल्मको छायांकन सुरुमा मेक्सिकोमा गरिने बताइएको थियो । तर त्यहाँ भिषा प्रक्रिया नमिलेपछि निर्माण पक्षले फिलिपिन्स छायांकन गर्ने बताएको छ । चोर बाटोबाट नेपालीहरु कसरी अमेरिका पुग्छन् भन्ने कथामा बन्न लागेको फिल्मका सुनिल विष्ट गौली कार्यकारी निर्माता हुन् । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण