शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा भासियो : कमल थापा

आइतबार, २१ साउन २०८०, १५ : ५७
आइतबार, २१ साउन २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्त ढंगले त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा भासिएको उनले बताएका हुन् ।  

आइतबार काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले भने, देशले भोग्नु परेको सम्पूर्ण समस्याको मूल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्ध विश्वास, रुढीवादी र विभेदमा आधारित छ, धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत हो ।  

थापाले मुलुकमा हाल विद्यमान संकट समाधान गर्न राप्रपा नेपाल सँग वैकल्पिक मार्ग चित्र रहेको समेत बताए । 

उनले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनवादको वैचारिक धरातलमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताए ।  

थापाले सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागू गरी प्रदेश तहको संरचना खारेजी गर्नुपर्ने बताए । उनले आत्मसमर्पणवादी मानसिकताले गर्दा मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्न उठिरहेको बताए । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरिएर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने उनले बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप