कुनै बेला सुपरस्टार थिए भारत भूषण, जुवामा हारे सबै सम्पत्ति : चरम गरिबीमा मृत्यु
भारत भूषण सन् १९५० को दशकका सुपरस्टार थिए र धेरैले उनलाई आफ्नो समयको सर्वश्रेष्ठ अभिनेतामध्ये एक मान्थे । सन् १९५० को दशकमा भारत भूषण भारतमा अत्यधिक चर्चित थिए । राज कपुर, देव आनन्द र दिलीप कुमारजस्ता सुपरस्टार्सको उपस्थितिका बाबजुद भारत भूषण हिन्दी सिनेमामा आफ्नो भिन्न पहिचान बनाउन सफल रहे । भारत भूषणले आफ्नो करियरमा ३० भन्दा बढी फिल्ममा काम गरे र बैजु बावरा (१९५२), आनन्द मठ (१९५२), मिर्जा गालिब (१९५४) र मुड मुड के ना देख (१९६०) जस्ता थुप्रै हिट फिल्ममा काम गरे ।
यद्यपि, भारत भूषणले सफलतालाई सम्हाल्न सकेनन् र आफ्नो समयका सबैभन्दा धनी अभिनेतामध्ये एक भए पनि, जीवनको उत्तरार्द्धमा चरम गरिबीको सामना गरे । भूषण सन् १९२० मा उत्तर प्रदेशको मेरठमा थिए र अलिगढमा आफ्नो पढाइ पूरा गरेपछि अभिनयमा हात हाल्न मुम्बई पुगे । भरत भूषणले सन् १९४१ मा चित्रलेखासँग डेब्यु गरेका थिए र उनको पहिलो हिट फिल्म मीना कुमारीसँग बैजु बावरा थियो ।
यसपछि भारत भूषणले श्री चैतन्य महाप्रभु (१९५४) र बरसात की रात (१९६०) जस्ता धेरै हिट फिल्महरूमा काम गरे । बैजु बावराले भारत भूषणलाई घर–घरमा चर्चित बनायो । फिल्ममा उनले ‘तानसेन’ लाई चुनौती दिने सङ्गीतकारको भूमिका निर्वाह गरेका थिए ।
भारत भूषणले गीता बाली (सुहाग रात), निरुपा रोय (औरत तेरी यही कहानी), नरगिस (सागर) र मधुबाला (फागुन) सहित आफ्नो समयका लगभग सबै लोकप्रिय अभिनेत्रीहरूसँग काम गरे । तर, भरत भूषणले बैजु बावरापछि पाएको ठुलो सफलता र सेलिब्रेटीको हैसियतलाई सम्हाल्न सकेनन् । उनले आफ्नो भाइसँग मिलेर प्रोडक्सनमा हात हाल्ने निर्णय गरे र ठुलो आर्थिक घाटाको सामना गर्नुपर्यो ।
रिपोर्टका अनुसार भूषण आफ्नो करियरको चरममा बलिउडका सबैभन्दा धनी अभिनेतामध्ये एक थिए तर उनी कंगाल भए । शशि कपुर, राजेश खन्ना र धर्मेन्द्र जस्ता सेलिब्रिटीको उदय भएपछि भारत भूषणको करियर समाप्त भयो । भारत भूषणले आफ्नो धेरैजसो सम्पत्ति बेचिदिए र भाडाको सानो टहरामा बस्न थाले । उनले आफ्नो गुजारा चलाउनका लागि केही फिल्ममा जुनियर आर्टिस्टको रूपमा पनि काम गरे । कुनै बेला भारत भूषण मुम्बईका थुप्रै बंगलाका मालिक थिए, शानदार कारमा घुम्थे तर निर्माता बनेपछि उनको पतन सुरु भयो ।
टाइम्स अफ इन्डियाको एक रिपोर्टका अनुसार भारत भूषणले जुवामा आफ्नो धेरैजसो पैसा र सम्पत्ति हारे । उनको २७ जनवरी १९९२ मा ७२ वर्षको उमेरमा अत्यन्त निर्धन अवस्थामा मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण