कुन बैंकको ब्याजदर थोरै वा धेरै ? अब हाम्रो पात्रोबाट तुलना गर्न सकिने
काठमाडौँ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैंक ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैंक रेट नामक नयाँ फिचर थपिएको हो ।
जसको सहयोगमा प्रयोगकर्ताले निश्चित बैंकमा रहेका विभिन्न खाता तथा त्यसमा उपलब्ध ब्याजदर, कुन बैंकमा खाता खोल्दा धेरै ब्याज आउँछ अथवा कुन बैंकले सस्तो ब्याजदरमा ऋण दिन्छ भन्ने जस्ता जानकारी सहजै फेला पार्न सक्नेछन् । निश्चित बैंकमा रहेका विभिन्न खातामा उपलब्ध ब्याजदर थाहा पाउन बैंकको नाम र खाताको प्रकार छनौट गर्नुपर्ने हुन्छ ।
तर एक बैंकको ब्याजदरलाई अर्को बैंकको ब्याजदरसँग तुलना गर्नका लागि भने माथि दायाँ कुनामा रहेको तुलनाको आइकन (विपरीत दिशामा फर्किएका दुई धर्सा) मा क्लिक गरी "कम्पेर विथ" (Compare with) मा तुलना गर्न चाहेका कुनै दुई खाता रोज्नुपर्ने हुन्छ । सब डोमेनको रूपमा राखिएको बैंक रेटभित्र बचत खातामा उपलब्ध ब्याजदर तुलना गरेजस्तै गरी विभिन्न बैंकहरूले दिने लोन (ऋण) को ब्याजदर समेत थाहा पाउन र तुलना गर्न सकिन्छ ।
यसका लागि तल बीच भागमा रहेको 'लोन' (Loan) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यससँगै ऋण रकमको किस्ता कति पर्न आउँछ भन्ने कुरा समेत थाहा पाउन सकिने ईएमआई क्याल्कुलेटर पनि दिइएको छ ।
बैंक रेट नामक फिचर सार्वजनिक गरेको हाम्रो पात्रोले सम्बन्धित बैंकहरूसँगको समन्वयमा यो सुविधालाई परिष्कृत गर्दै लैजाने योजना रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण