आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विष्णुको तीज गीत ‘तीजको लहर’ मा अञ्जली (भिडियो)

बुधबार, २४ साउन २०८०, ०७ : १९
बुधबार, २४ साउन २०८०

काठमाडौँ । हिन्दु नारीहरूको महान् चाड तीज नजिकिँदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढिरहेको छ। यसै क्रममा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ।

 ‘तीजको लहर’ बोलको गीतमा विष्णु भण्डारीको शब्द र विशाल निरौलाको सङ्गीत रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा प्रवीण थापाको कोरियोग्राफी रहेको छ।

भिडियोमा अञ्जली अधिकारी,राज श्रेष्ठ र इन्दु दनुवार फिचर्ड छन्। आरडी दुलालले छायाङ्कन गरेको भिडियोको सम्पादन मीन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। तीजको समयमा गीतमा नाच्ने माहौल बन्ने निर्देशक पौडेलले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप