विष्णुको तीज गीत ‘तीजको लहर’ मा अञ्जली (भिडियो)
बुधबार, २४ साउन २०८०, ०७ : १९
काठमाडौँ । हिन्दु नारीहरूको महान् चाड तीज नजिकिँदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढिरहेको छ। यसै क्रममा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ।
‘तीजको लहर’ बोलको गीतमा विष्णु भण्डारीको शब्द र विशाल निरौलाको सङ्गीत रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा प्रवीण थापाको कोरियोग्राफी रहेको छ।
भिडियोमा अञ्जली अधिकारी,राज श्रेष्ठ र इन्दु दनुवार फिचर्ड छन्। आरडी दुलालले छायाङ्कन गरेको भिडियोको सम्पादन मीन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। तीजको समयमा गीतमा नाच्ने माहौल बन्ने निर्देशक पौडेलले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण