मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
संसद अवरुद्ध

संसदको गतिरोध खोल्न बालुवाटारमा ३ दलको बैठक

बुधबार, २४ साउन २०८०, ११ : ४५
बुधबार, २४ साउन २०८०

काठमाडौँ । प्रतिनिधि सभामा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बसिरहेको छ ।

आज बिहान ११ बजेदेखि बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

तस्करीको सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसदमा अवरोध राख्दै आएको छ । संसद खुलाउनका लागि सोमबार र मंगलबार भएका दलहरुबीचको छलफलमा सहमति जुट्न नसकेपछि एमालेले प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप