समाचार
संखुवासभा कारागारमा झडप, दुईजनाको मृत्यु
९ जना पक्राउ
बुधबार, २४ साउन २०८०, १२ : ००

काठमाडौँ । संखुवासभा कारागारमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुईजनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलाङ्गे छन् । बिहान ५ बजेतिर बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका उनीहरुलाई सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए । त्यसपछि अन्य कैदीहरुले ‘जेल तोडेर किन भाग्न खोजेको ?’ भनेर विवाद गर्दा दुई पक्षको बीचमा कुटाकुट भएको थियो ।
बिहान ६ बजेतिर कुटपिटबाट घाइते भएका बलामी र तोलाङ्गेलाई उपचार गर्न लैजाँदा मृत्यु भएको डिआईजी बास्तोलाले बताए । कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । डिआईजी बास्तोला भन्छन्– ‘कुटपिटमा संलग्नहरुबारे अनुसन्धान गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा