हिमालय आँखा अस्पतालले कन्जंग्टिवाइटिसका बिरामीको निःशुल्क आँखा परीक्षण गर्ने
काठमाडौँ । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराले आँखा पाक्ने रोगका कारण अस्पतालमा आउने बिरामीहरुको निःशुल्क आँखा जाँच गर्ने भएको छ ।
‘पोखरा महानगरपालिका र यस अस्पतालको बीचमा भएको सम्झौता अनुसार हाल महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जंग्टिवाइटिस) का कारण यस अस्पतालमा उपचारका लागि जनरल ओपिडीमा आउने बिरामीहरुको आँखा जाँच गर्न लाग्ने नाम दर्ता शुल्क यही श्रावण मसान्तसम्म निःशुल्क गरिएको व्यहोरा जानकारी गराइन्छ’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अस्पतालका बाह्य कार्यक्रम संयोजक सुवास नेपालका अनुसार पोखरा महानगरपालिकासंगको सहकार्यमा अस्पतालले बुधबारदेखि कन्जंग्टिवाइटिसका बिरामीहरुको निःशुल्क आँखा जाँच गर्नेछ ।
हिमालय आँखा अस्पताल अन्तरगत हाल २७ वटा आँखा उपचार केन्द्रहरु सञ्चालनमा छन् । अस्पतालले वार्षिक १ लाख ५० हजार बिरामीको आँखा जाँच गरी करिब ५ हजार बिरामीको आँखाको शल्यक्रिया गर्दै आइरहेको छ ।
नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाहा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
-
भरतपुरमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक, तस्बिरहरू
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण