राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरू समस्यामा परे : अध्यक्ष सिंह
काठमाडौँ । निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरूको समस्या भोग्नुपरेको बताउँदै विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार पनि नेपाल निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीहरूको आफू टिक रहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नुपरेको भन्दै बताएका हुन् । उनीहरुले नेपाल निर्माण व्यवसायी महासङ्घको कार्यालयमा भेला भई संसद् भवन अगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका हुन् ।
कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटक पटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताए । उनले सरकारले निर्माण व्यवसायीहरूलाई देखाएर निर्माण व्यवसायीहरूले काम गरेनन् भन्ने भ्रम मात्रै सिर्जना गरेको आरोप लगाए ।
अध्यक्ष सिंहले राजनीतिक नेतृत्वको गलत मनसायका कारण र कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको दबाबमा आएर आफू टिक रहनका लागि गरेको अनावश्यक कुकर्मबाट निम्तिएको समस्या निर्माण व्यवसायीहरूको खेपिरहनुपरेको बताए । निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम नगर्न सरकारलाई चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण