श्रीमतीको हत्या गरेर फरार रहेका पुरुष पक्राउ
बिहीबार, २५ साउन २०८०, १२ : १३

इलाम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक पुरुष पक्राउ परेका छन् ।
४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भएका ५० वर्षीय पूर्णबहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका-२ लालिखर्कबाट पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ