साझा भण्डारको जग्गा कम मूल्यमा बिक्री, ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्थाको जग्गा कम मूल्यमा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ को क्षेत्रफल ०–२–० र बाँकेस्थित कोहलपुरको क्षेत्रफल ०–२–१७ को जग्गा कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले साझाका तत्कालीन अध्यक्ष जयकुमार खड्का तथा संचालक समितिका सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापालगायतका विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले अत्यन्त कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख चौबिस हजार एक सय एकासी रुपैयाँ बिस पैसा रुपैयाँ हानिनोक्सानी पुर्याएको अख्तियारको ठहर छ ।
‘निजहरू जयकुमार खडका, आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र अमर थापालाई सुर्खेत र कोहलपुर दुवै स्थानको जग्गा बिक्रीबापत संस्थालाई नोक्सानी पुर्याएको बिगो रु.४,०४,२४,१८१.२० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड –झ) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।’
यस्तै गीताकुमारी शाहीले बोलपत्रमा अरुको नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानिनोक्सानी पुर्याएको पुष्टि भएको भन्दै सोही बमोजिम मागदाबी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण