फिल्म ‘जुलेबी’ को गीत सार्वजनिक
काठमाडौँ । ४ महिलाको प्रेमकथामा निर्माण भएको फिल्म हो ‘जुलेबी’ । १ भदौबाट देशभर प्रदर्शनमा आउने फिल्मको गीत ‘आज मन’ सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा कोसिस केतनको शब्द तथा संगीत रहेको छ भने स्वर केतन क्षत्रीले दिएका छन् ।
गीतको भिडियोमा फिल्मका केही महत्वपूर्ण झलकहरु राखिएका छन् । उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको फिल्म एन्थोलोजी जनरामा निर्माण भएको हो ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म मञ्जरी, गाजा बाजा निर्देशन गरेका थिए । विवेक खड्काको छायांकन र अजय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन् ।
कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले जुलेबी आफ्नो अहिलेसम्मकै फरक अभिनय रहेको फिल्म भएको बताइन् । फिल्ममा आफूले रत्नपार्क भित्रका धेरै चरित्रमध्ये एक एक केटीको भूमिका निर्वाह गरेको सुनाइन् ।
त्यस्तै निर्देशक गणेशदेव पाण्डेले फिल्मको कथा दर्शकका लागि अहिलेसम्मकै नौलो र फरक हुने बताए । उनले फिल्मले रत्नपार्कका केटीहरुको बिषयमा बाहिर देखिएको भन्दा फरक कथा आफूले उठाएको सुनाए ।
नव अभिनेत्री मोनिका थापाले पहिलो फिल्ममा नै राम्रो युनिटसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले यसै फिल्मबाट आफूले फिल्म क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलतामै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण