ललिता निवास प्रकरणमा बयान दिन तयार छुः डा बाबुराम भट्टराई
बुटवल । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले बयान दिन तयार रहेको बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बुटवल आएका अध्यक्ष भट्टराईले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरेर ललिता निवास प्रकरणमा आफू प्रधानमन्त्री भएको बेला एउटा निर्णय भएको बताउदै बयान दिएर छानबिनलाई सहयोग गर्ने बताएका हुन् ।
उनले ललिता निवास प्रकरण जस्ता अन्य पनि धेरै प्रकरण भएकाले निष्पक्ष र उच्चस्तरीय छानविन हुनुपर्ने बताए । पूर्वप्रधानमन्त्रीलाई छानविनको दायरामा ल्याउने अदालतको निर्णयले आफू खुशी नै भएको उनले बताए ।
उनले अहिलेसम्मका कतिपय प्रकरण विपक्षीलाई तर्साउने र फसाउने नियतले सत्तापक्षबाटै आउने गरेको भन्दै अहिले पनि त्यस्तो नहुने गरी छानविन गरे त्यसलाई आफूले पूर्ण सहयोग गर्ने बताए ।
साथै, उनले लाउडा काण्ड, ललिता निवास प्रकरण, क्यान्टोनमेन्ट, अन्य खरिद प्रकरण सबैको छानविन हुनुपर्ने पनि बताए । उनले आफूले यसबारे संसदमा समेत निष्पक्ष छानबिन लागि बोलेको रेकर्ड पनि रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
-
घाँसको बीउ उत्पादन
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
-
सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
-
कैलालीमा हिट एन्ड रन : फरार भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण